बैशाखको तुलनामा २०% ले बढ्यो जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क, एलआईसी र एशियनको उच्च वृद्धि (तथ्यांकसहित)

११ असार २०८१, मंगलवार १९:०२

काठमाडौं । बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ र नेशनल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् । चरम राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको दलदलमा डुब्न पुगेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क उच्च अंकमा गिरावट आएसँगै इतिहासकै अप्ठेरो मोडमा पुगेको छ ।

हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले जेठ महिनामा मात्र तीन अर्ब ३३ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन बैशाख महिनाको तुलनामा २० प्रतिशतले बढी रहेको छ । बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले दुई अर्ब ७७ करोड ८ लाख रुपैयाँ कुल बीमा ब्यवसाय गरेका हुन् ।

बैशाख महिनाको तुलनामा १२ वटा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय वृद्धि भएको छ । सञ्चालनमा रहेका कम्पनीहरुमध्ये एलआईसी नेपाल नयाँ व्यवसाय वृद्धिमा आक्रामक देखिएको छ । बैशाख महिनाको तुलनामा कम्पनीले आफ्नो नयाँ व्यवसाय ७५ प्रतिशतले वृद्धि गर्दै ३५ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ ।

प्रथम बीमा शुल्क आर्जनको आधारमा एशियन लाइफ पनि उत्कृष्ठ देखिएको छ । बैशाख महिनाको तुलनामा कम्पनीले आफ्नो नयाँ व्यवसाय ३८ प्रतिशतले वृद्धि गर्दै १३ करोड २१ लाख रुपैयाँबाट १८ करोड २६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

साथै, बैशाख महिनाको तुलनामा हिमालयन लाइफले प्रथम बीमा शुल्क आर्जन ३७ प्रतिशत, नेपाल लाइफले ३६ प्रतिशत, सन नेपाल लाइफले३२ प्रतिशत, सन नेपाल लाइफले ३२ प्रतिशत, सानिमा रिलायन्स लाइफले २३ प्रतिशत, सिटिजन लाइफले २० प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ८ प्रतिशतले वृद्धि गराउँन सफल भएका छन् ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय सबैभन्दा बढी अंकले घटेको छ । बैशाख महिनाको तुलनामा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ३४ प्रतिशतले घट्न पुगेको छ । सफल र क्षमतावान नेतृत्वको कमी रहेको उक्त कम्पनीले अभिकर्ताहरुलाई सक्रिय बनाउँन सकेको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*