हिमालयन लाइफ कोटेश्वर शाखाद्वारा घातक रोग बापतको २० लाख रुपैयाँ दाबी भुक्तानी

११ असार २०८१, मंगलवार १८:५६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले काभ्रे जिल्ला नमोबुद्द नगरपालिका वार्ड नं २ बस्ने बद्री प्रसाद शर्मा तिमिल्सिनालाई घातक रोग बापतको २० लाख रुपैयाँको बीमा दावी हस्तान्तरण गरेको हो ।

कम्पनीको कोटेश्वर शाखामा आयोजित दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख बिष्णु बहादुर रानामगरले २० लाख रुपैयाँको चेक बीमित तिमिल्सिनालाई हस्तान्तरण गरेको मुकेश राणाले बीमापोष्टलाई जानकारी दिए ।

उक्त कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर तथा एमडीआरटी हरिलाल चौलागाईं, एजेन्सी म्यानेजर तथा एमडीआरटी सुमन श्रेष्ठ, एजेन्सी म्यानेजर नारायण लुइटेल लगायत अन्य अभिकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको शाखा कार्यालयले जनाएको छ ।

घातक रोग बापतको सुबिधा पाएपछी तिमिल्सिनाले बीमाप्रती आफ्नो झन् बिश्वास बढेको र भइपरी आउँने घटनाबाट हुने आर्थिक क्षती न्यूनीकरण गर्न सबैले अनिवार्य रुपमा जीवन बीमा गर्नुपर्ने कुरा बताएका छन् ।

तिमिल्सिनाले चार बर्ष अघि कम्पनीमा २० लाख रुपैयाँको जीवन बीमा गर्दा २० लाखकै घातक रोग बापतको सुबिधा समेत लिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*