आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको छः पूर्वअर्थमन्त्री महत
काठमाडौँ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विद्येयकको आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैंठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
‘आर्थिक विद्येयकको आयकर ऐनको कुरा गर्दा आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरिएको छ । यसमा मेरो गम्भीर ध्यान गएको छ । यस विषयलाई मैले उठाउँदै आएको छु’ उनले भने, ‘यो व्यवस्थाले के गर्यो भन्दा शेयर खरिदबिक्री नगरी पूँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्नसक्ने व्यवस्था यस ऐनले गर्यो । यद्यपि यो प्रविधिसङ रिलेटेड भनेर बजेट वक्तव्यमा आयो । तर, आर्थिक विधेयकमा त्यो उल्लेख छैन ।’
‘एनसेलको विषयलाई राष्ट्रिय बहसको विषय बनायौँ । त्यसलाई उदाहरण दिने हो भने, एनसेल होस या अन्य विभिन्न कम्पनीहरू हुन । अब किनबेच नै गर्नुपर्ने भयो । तपाइले चुक्ता पुँजीका सेयर होल्डरको स्वामित्व कायम गरेर बाकि सेयर किनेर किनबेच गर्दा कुनै कर नलाग्ने भयो’ उनले भने ।
उनले भने, ‘एनसेलसँग टेली सोनिरीया एक्जीयटासँग १४४ अर्बमा किनबेच गर्दा पुँजिगत कर, ब्याज र जरिवानासहति गर्दा ४५ अर्ब हामीले प्राप्त गरेका थियौं । अब यो किनमेलको झमेलै नपर्ने भयो । १० करोडको चुक्ता पूँजी कायम गरिदिनुस् बाँकी जति किनबेच गर्नुहुन्छ । त्यसमा मेज्युरेटी शेयर होल्डर यसै हुने भयो ।’