जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ८ % ले बढ्यो, प्रभु महालक्ष्मी–रिलायबल र आइएमईको सर्वाधिक वृद्धि (सूचीसहित)

११ असार २०८१, मंगलवार १५:४१

काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७.५७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको जेठ महिनासम्ममा ९८ अर्ब ५९ करोड २७ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा एक खर्ब ६ अर्ब पाँच करोड ७९ लाख रुपैयाँ कमाउन सफल भएका छन् ।

अघिल्ला आर्थिक वर्षझै जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शूल्क नघटेको प्राधिकरणको तथ्यांकले देखाएको छ । बीमा प्रतिको आम बुझाई र अभिकर्ताहरुको उचित परामर्शसहितको बीमा पोलिसी बिक्रीको कारण कम्पनीहरुको नविकरण बीमाशूल्क आर्जन नघटेको देखिएको छ । यस अघि बीमा पोलिसी सरेण्डर र आर्थिक मन्दीको कारण नविकरण बीमाशुल्क आर्जनमा ह्रास आएको थियो । यस बर्ष भने जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जनमा सुधार आएको देखिएको छ ।

गत आर्थिक वर्षको तुलनामा प्रभु महालक्ष्मी लाइफको नविकरण बीमा शुल्क आर्जन सबैभन्दा बढी अंकले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नविकरण बीमाशुल्क २६.१० प्रतिशतले बढेर दुई अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

नविकरण बीमा शुल्क आर्जनका आधारमा रिलायबल नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीले ११ महिनामा नविकरण मार्पmत दुई अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ । साथै, आइएमई लाइफले नविकरण बीमा शुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएर दुई अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नविकरण बीमा शुल्क आर्जनमा पनि नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले यस अवधिमा विभिन्न पोलिसीहरु नविकरण मार्पmत २९ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, एलआईसी नेपालले १३ अर्ब ८२ करोड रुपैयाँ, हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, नेशनल लाइफले ११ अर्ब ८१ करोड रुपैयाँ र सूर्यज्योति लाइफले पाँच अर्ब ९९ करोड रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*