शेयर बजारमा झिनो सुधारले निरन्तरता, आठ उपसूचक हरियाली हुँदा चार अर्बमाथिको कारोबार
११ असार २०८१, मंगलवार १५:०८
काठमाडौँ । शेयर बजारले झिनो सुधारलाई निरन्तर दिएको छ । शेयर बजारका लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहदा शेयर बजारमा अपेक्षा अनुसार सुधार देखिएको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २०७१.७७ बिन्दुमा बन्द भएको छ । मंगलबार ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज आठ उपसूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको ०.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१२ प्रतिशत, हाइड्रोपावर समूहको १.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज आरएसडिसि लघुवित्तको १४ करोड ८३ लाख रुपैयाँ, एनआरएनको १२ करोड ६२ लाख रुपैयाँ, नेपाल फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।