लघु जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १३ करोड, क्रेष्ट माइक्रो अग्रस्थानमा

११ असार २०८१, मंगलवार १४:५५

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा सञ्चालन रहेका ३ लघु जीवन बीमा कम्पनीहरुले १३ करोड २७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकणले प्रकाशित गरेको तथ्यांक अनुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा सात करोड ८७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सले तीन करोड २९ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले दुई करोड १० लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

न्यून र गरिव तथा आम सर्वसाधारणहरुलाई बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेका लघु जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारलाई तिव्रता दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*