जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क साढे २७ अर्ब माथि, नेशनल र नेपाल लाइफको उत्कृष्ट वृद्धि

११ असार २०८१, मंगलवार १५:१२

काठमाडौँ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार गत वर्षको जेठको तुलनामा यस वर्ष जेठमा प्रथम बीमाशुल्क आर्जन ६.२३ प्रतिशतले बढेको हो ।

गत आवको जेठ महिनामा मात्रै २५ अर्ब ९५ करोड रुपैयाँ प्रथम बीमा शुल्क सकलन भएकोमा चालु आर्थिक वर्षको जेठसम्ममा २७ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । सो कम्पनीले छ अर्ब २५ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । सो आधारमा दोस्रो नम्वरमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफले चार अर्ब १६ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यस्तै, तेस्रो नम्वरमा दुई अर्ब ६ करोड प्रथम बीमा शुल्क संकलन गरेर एलआइसी नेपाल पर्न सफल भएको छ ।

त्यस्तै, हिमालयन नेपालले दूई अर्ब चार करोड, सूर्यज्योति लाइफले दुई अर्ब एक करोड, सिटिजन लाइफले एक अर्ब ६० करोड, एशियन लाइफले एक अर्ब ५२ करोड, सानिमा रिलायन्स लाइफले एक अर्ब ५२ करोड, सन नेपाल लाइफले एक अर्ब ३२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, आइएमई लाइफले एक अर्ब ३१ करोड, रिलायबल नेपालले एक अर्ब २५ करोड, मेट लाइफले एक अर्ब १५ करोड, प्रभु महालक्ष्मी लाइफले ८२ करोड ५६ लाख र राष्ट्रिय बीमा कम्पनीले ५० करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

बृद्धिदरको आधारमा सबैभन्दा धेरै नेशनल लाइफको रहेको देखिएको छ । सो कम्पनीले गत वर्षको जेठको तुलनामा २९.०५ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, नेपाल लाइफको २१.७६ प्रतिशतले बृद्धि भएको छ । एशियन लाइफले २१.८८ प्रतिशतको बृद्धि हासिल गर्दा आइएमई लाइफले १०.८९, हिमालयन लाइफले ४.१३ प्रतिशतले बृद्धि भएको छ ।

प्रथम बीमा शुल्क बृद्धि गर्ने अन्य कम्पनीहरुमा एलआइसी लाइफ, सिटिजन लाइफ,सानिमा रिलायन्स,मेट लाइफ रहेका छन् ।

उता, प्रथम बीमा शुल्क घट्ने कम्पनीको सूचिमा राष्ट्रिय जीवन बीमा कम्पनी परेको छ । सो कम्पनीको प्रथम बीमा शुल्क ४३.९८ प्रतिशतले भएको छ । त्यस्तै, सूर्यज्योति लाइफको १०.४३ प्रतिशत, सन नेपाल लाइफको १६.२३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १५.३७ प्रतिशत ऋणात्मक हुन पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*