गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७५ ले बढ्यो, नेपालर नेशनल लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

११ असार २०८१, मंगलवार १४:३४

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब ६२ करोड बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । समग्र जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् ।

गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७.२९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब २४ अर्ब रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका थिए ।

तथ्यांक अनुसार नेपाल लाइफले सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको यस्तो बीमा शुल्क आर्जन ९ प्रतिशतले वृद्धि भई ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेशनल लाइफको बीमा शुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीले १४ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा यो अवधिमा १५ अर्ब ९८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको तुलनामा एलआईसी नेपालको कुल बीमाशुल्क आर्जन २ प्रतिशतले बढेर १५ अर्ब ८९ करोड रुपैयाँ, हिमालयन लाइफको ११ प्रतिशतले बढेर १४ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा सूर्यज्योति लाइफले ८ अर्ब रुपैयाँ, एशियन लाइफले ७ अर्ब दुई करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच अर्ब ९५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले पाँच अर्ब ३२ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सिटिजन लाइफले पाँच अर्ब २९ करोड रुपैयाँ, मेट लाइफले पाँच अर्ब रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले तीन अर्ब ७१ करोड रुपैयाँ, रिलायबल नेपाल र सन नेपाल लाइफले पृिन तीन अर्ब रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

गत आर्थिक वर्षको तुलनामा २ वटा जीवन बीमा कम्पनीको मात्र बीमा शुल्क आर्जन घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*