प्रतिकित्ता २१० रुपैयाँमा सूर्यज्योति लाइफको संस्थापक शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको संस्थापक शेयरमा आवेदन दिने आज असार ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार ४ गते देखि प्रतिकित्ता न्यूनतम २१० रुपैयाँमा शेयर बिक्रीमा ल्याएको थियो ।
यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । शेयर खरीदका लागि आवेदन दिँदा घटीमा पाँच हजार र बढीमा उल्लेखित सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
खरीदकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आज कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
[email protected]