प्रतिकित्ता ७३९ रुपैयाँमा सीआईटीको संस्थापक शेयर बिक्रीमा

११ असार २०८१, मंगलवार ०८:२९

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । सो शेयर प्रतिकित्ता न्यूनतम ७३९ रुपैयाँमा बिक्रीमा राखिएको हो ।

उक्त संस्थापक शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १० हजार कित्ता र बढीमा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

खरीदकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन आज असार ११ देखि १८ गतेभित्र कार्यालय समयसम्म मात्र दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*