कनेक्ट आईपिएसको सुरक्षा अवस्था जर्जर, संसदमा उठ्यो प्रश्न
काठमाडौं । कमजोर सुरक्षा व्यवस्थाबीच जर्जर अवस्थामा सञ्चालन भइरहेको विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपिएसको कारण सर्वसाधारणले धन तथा सम्पत्ति गुमाउने अवस्था आएपछि हिजो प्रतिनिधि सभाको बैठकमै सांसदहरूले प्रश्न उठाएका छन् ।
हिजोको प्रतिनिधि सभाको बैठकमा सांसद अशोक कुमार चौधरीले कनेक्ट आईपिएसको कमजोर सुरक्षा व्यवस्थाको कारण सर्वसाधारणको धनसम्पत्ति र बैंक खाता नै जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद चौधरीले मन्तव्यमा भनेका छन्, ‘अहिले मानिसहरूबीचको व्यवहार मोबाइल बैङ्किङबाट हुन थालेको छ । मोबाईल वालेटको प्रयोगमा व्यापक वृद्धि भइहेको छ । यस्तोमा बैङ्क खाता ह्याकरको बिगबिगी बढीरहेको अवस्था छ। गत आवको साइबर ब्युरोको तथ्याङ्कमा जम्मा ९००६ उजुरी परेकोमा यस आवको ९ महिनाको अवधिमै १५००६ उजुरी परेको तथ्याङ्क रहेको छ । त्यसमध्ये ४३१ वित्तीय संस्थासम्बन्धी रहेको छ । यसरी मोबाइल बैङ्किङको कमजोर सुरक्षा प्रणालीले गर्दा ठगीमा पर्नुको जिम्मेवारी कसले लिने हो ?’
सांसद चौधरीले कनेक्ट आईपिएसको संस्थागत सुशासन समेत कमजोर रहेको भन्दै संसदमै प्रश्न उठाएका हुन् । उनले भने, ‘सुनसरी इनरुवाका शिवनन्दन मेहताको र रुसनीदेवी मेहताको गत माघमा कनेक्ट आईपीएस ह्याक भएर लगालग १० लाख १० हजार एउटा खाताबाट अर्को खातामा गएको थियो । यसरी उजुरी गरेको करिब ५ महीना बितिसक्दा पनि अझै रकम फिर्ता हुन सकेको छैन । यसरी ह्याक गरेर बैकिङ् चोरीको घटनाको संख्या वृद्धि भइरहँदा सरकारको यसलाई रोक्ने संयन्त्र एवम् तयारी कमजोर रहेको छ । बैकिङ सुरक्षा प्रणालीको कमजोरीले अन्यायमा परेका शिवनन्दन मेहता जस्ता व्यक्तिलाई तुरून्त रकम फिर्ता गर्ने र ह्याक गर्ने व्यक्तिलाई तत्काल कारवाही गर्न माग गर्दछु र यस्ता अपराधप्रति गम्भीर हुन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद चौधरीले कमजोर सुरक्षा अवस्थाबीच सञ्चालित कनेक्ट आईपिएसका कर्मचारीहरूलेनै साईबर लुटेरासँग मिलेमतो गरेको हुनसक्ने भन्दै सरकारले छानबीन गर्नुपर्ने प्रतिक्रिया बीमापोष्टलाई दिएका छन् ।
कनेक्ट आईपिएसको कमजोर सुरक्षा अवस्थाबारे बीमापोष्टले पटक पटक समाचार प्रकाशित गर्दै आईरहेको छ । साथै कनेक्ट आईपिएसले साईबर सुरक्षा बलियो नबनाई भारतीय कम्पनीसँग क्रस बोर्डर कारोबार समेत शुरू गरेकाले साईबर ठगीमा योगदान गरिरहेको छ । उक्त राष्ट्रघाती सम्झौतामा निलेशमान प्रधानले नै हस्ताक्षर गरेका थिए ।
क्रस बोर्डर डिजिटल पेमेन्ट सम्बन्धी राष्ट्रघातमा नेपाल राष्ट्र बैंकदेखि कनेक्ट आइपिएससम्मको संलग्नता