वैदेशिक रोजगार म्यादी बीमा योजना परिमार्जन गर्न सांसद प्रतिमा गौतमको माग

१० असार २०८१, सोमबार १४:१५

काठमाडौं । बीमा कम्पनीहरुलाई वैदशिक रोजगार बीमालेख सच्चाउनुपर्ने सांसद प्रतिमा गौतमले माग गरेकी छिन् ।

श्रम स्वीकृत लगायत विभिन्न कागजी प्रकृया पूरा गरेर रोजगारीको लागि विदेशिएका नेपाली नागरिकको रेमिट्यान्समा मात्रै सरकारको ध्यान भएको भन्दै वैदेशिक रोजगार म्यादी बीमायोजना परिमार्जन गर्ने बिषयमा ध्यानाकर्षण गराएकी थिईन् ।

निश्चित समयको लागि मात्रै बीमाले जोखिम वहन गरेको भन्दै गुनासो गरेकी छिन् । सो कारण बीमा सुविधाको सच्चाउन उनले माग गरेकी हुन् । वैदेशिक रोजगारीको शिलशिलमा युवा विदेशीने सङख्या बढ्दै गएको र मृत्यु भएर फर्कर्नेको सङख्या पनि उत्तिकै मात्रामा बढ्दै गएको बिषय उजागर गरेकी छन् ।

प्रत्येक दिन चार जनाको शव नेपालमा भित्रिरहेको भन्दै खाडी मुलुकबाट मृत्यु हुनेको सङख्या ११ हजार छन् । विदेशमा मृत्यु हुने क्षतीपूति पाउने अधिकार उक्त परिवारको हो भन्दै संसदलाई ध्यनाकर्षण गराएकी छिन् ।

सरकारले रेमिट्यान्सबाट आएको मानविय मूल्य मात्रै खोजिरहेको भन्दै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको मूल्यांक गर्दै बीमितहरुले भोग्दै आएको बीमा प्रकृया सच्चाउन आवश्यक रहेको उनले बताएकी थिईन् ।

तसर्थ, रोजगारको शिलशिलामा वैदेशिक रोजगारीका लागि लागू गरिएका बीमायोजना सच्चाई कम्पनीले जिम्मा लिएको अवधि थप गनुपर्ने उनले बताएकी छन् । सो कारण वैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर गएका श्रमिकहरुको बीमाको समयअवधि परिमार्जन आग्रह गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*