सन नेपाल लाइफ लम्की शाखाद्वारा २ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लम्की शाखा कार्यालयले दुई लाख ९६ हजार रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले आज असार १० गते एक कार्यक्रमको आयोजना गर्दै मृतक बीमितको आश्रित परिवारलाई दाबी भुक्तानी दिएको हो ।
कम्पनीका अनुसार स्वर्गीय बीमित रन बहादुर मगरले केही वर्ष अघि तीन लाख रुपैयाँ बीमांकको सावधिक जीवन बीमा पोलिसी खरीद गरेका थिए । तर गत वैशाख ८ गते बीमितको रोगको कारण असामायिक निधन भएपछि बीमितको श्रीमति तुलसी बलामी मगरलाई लम्की शाखा कार्यालयमा बोलाएर शाखा प्रमुख डम्बर बहादुर न्यौपानेले दाबी भुक्तानी दिएका हुन् ।
कम्पनीले बीमितको श्रीमतिलाई बीमाङक र बोनस वापतको रकम सहित तीन लाख ६६ हजार १५० रुपैयाँबाट बीमितले लिएको ७० हजार ८५ रुपैयाँ कट्टा गरी बाँकी रहेको दुई लाख ९६ हजार ६५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त रकम हस्तान्तरण कार्यक्रममा लम्की शाखाका कर्मचारी तथा अभिकर्ताहरूका साथै बीमितका आफन्तहरूको उपस्थिति रहेको थियो ।