चार बीमा र आठ हाइड्रोपावर कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुनको कति?

१० असार २०८१, सोमबार १३:३५

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै १२ वटा कम्पनीहरूले निवेदन दिएका छन् । बोर्डसँग निष्काशनको अनुमति माग गर्नेमा दुई जीवन र दुई निर्जीवन गरी चारवटा बीमा कम्पनी र आठवटा हाइड्रोपावर कम्पनीहरू रहेका छन् ।

प्रभु महालक्ष्मी लाइफले १ः०.१७ को अनुपातमा ७३ करोड तीन लाख २० हजार रुपैयाँबराबरको ७३ लाख तीन हजार २०० कित्ता हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको हो । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले १ः०.८८४५१६८ को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २३ करोड ४६ लाख आठ हजार कित्ता हकप्रद निष्काशका लागि धितोपत्र बोर्डको स्वीकृति कुरेर बसिरहेको छ ।

त्यसैगरी एनएजली इन्स्योरेन्स कम्पनीले १०ः६.६ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको ९६ लाख ३१ हजार २२०.२२ कित्ता र नेको इन्स्योरेन्सले १ः०.२५ को अनुपातमा ५० करोड ९० लाख ९० हजार १५५ रुपैयाँबराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति मागेका छन् ।

लिवर्टी इनर्जी कम्पनीले १ः०.५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशनको माग राखेर आवेदन दिएको छ । बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशको माग गरेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ः०.६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद निष्काशका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको हकप्रद निष्काशन गर्न लागेको हो । त्यस्तै खानी खोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको ४६ लाख ५७ हजार १४३ कित्ता र तेह्रथुम पावर कम्पनीले पनि शतप्रतिशत (१ः१ को अनुपात) मा चार करोड रुपैयाँबराबरको ४० लाख कित्ता हकप्रद निष्काशको माग सहित बोर्डमा निवेदन दिएको छ ।

यता छ्याङ्दी हाइड्रोपावरले पनि १ः१ को अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद निष्काश गर्न बोर्डको स्वीकृतिको पर्खाईमा छ । यस कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको हकप्रद निष्काशन गर्न लागेको हो । ङादी ग्रूप पावरले पनि १ः१ को अनुपातमा एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२३ रुपैयाँको १ करोड ८५ लाख १२ हजार ७९२.२३ कित्ता हकप्रद निष्काशनको लागि बोर्डको बाटो हेरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*