तीन कम्पनीले संस्थापक शेयर विक्रीमा, कुनको कति ?

१० असार २०८१, सोमबार १२:२१

काठमाडौं । तीन कम्पनीले विद्यमान संस्थापकलाई संस्थापक शेयर विक्रीमा ल्याएको छ। सपोर्ट लघुवित्तले प्रतिकित्ता ५०० रूपैयाँमा ५ हजार कित्ता, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उल्लेख नगरी १ लाख ८ हजार कित्ता र युनाइटेड अजोड इन्स्योरेन्सले प्रतिकित्ता २४० रूपैयाँ मूल्य तोकेरै ४९ हजार ७०५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

मूल्य तोकेका कम्पनीहरूको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । यी ती ओटै कम्पनीको शेयर खरीदका लागि असार १० गतेदेखि ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको केन्द्रिय कार्यालय बानेश्वर, काठमाडौं ,सपोर्ट लघुवित्तको शेयर रजिष्ट्रार आरविवि मर्चेन्टको कार्यालय टेकु, काठमाडौं र युनाइटेड अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*