यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१० असार २०८१, सोमबार ०७:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १० गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ छ भने बिक्रीदर १३३.९६ रुपैयाँ रहेको छ ।

एक युरोपिएन युरोको खरिदमा १४२.६० रुपैयाँ र बिक्रीमा १४३.२४ रुपैयाँ लाग्ने भएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा १६८.६५ रुपैयाँ र बिक्रीमा १६९.४१ रुपैयाँ तोकिएको छ ।

आज एक कुवेती दिनारको खरिदमूल्य ४३४.५४ रुपैयाँ र बिक्रीमूल्य ४३६.४९ रुपैयाँ रहेको छ भने बहराइन दिनार एकको खरिदभाउ ३५३.७४ रुपैयाँ र बिक्रीभाउ ३५५.३३ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*