मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
१० असार २०८१, सोमबार ०८:०२
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर संस्थापक शेयरधनीका साथै सर्वसाधारणले पनि खरीद गर्न पाउनेछन् । शेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।