अर्थ मन्त्री वर्षमान पुनका बजेट सारथी शाक्य विरुद्ध ३८ करोडको भ्रष्टाचार मुद्दा

९ असार २०८१, आईतवार १८:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्वास गरेर बजेट महाशाखाको जिम्मेवारी सुम्पेका अर्थमन्त्रालयका सह सचिव रितेश शाक्य भ्रष्टाचार मुद्दासँगै निलम्वनमा परेका छन् । वर्षमान पुनले अत्यन्तै विश्वास गरेर बजेट महाशाखाको जिम्मेवारी तथा आगामी आवको बजेट निर्माण गर्दा उप संयोजक तोकिएका शाक्य प्रिन्सेलसँगको सेटिङमा अन्तशुल्क स्टीकर छपाईमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । साँझ विशेष अदालतमा मुद्दा दर्ता भए लगत्तै रितेश शाक्य निलम्वनमा परेका छन् ।

बीमापोष्टले अर्थमन्त्रालयमा सबैभन्दा धेरै गन्हाएका र अख्तियारको छानविन परेर कुनै पनि बेला निलम्वनमा पर्न सक्ने भन्दै समाचार प्रकाशित गर्दै आएको थियो । अर्थमन्त्री वर्षमान पुनले बिचौलियासँग सेटिङ गरेर पार्टी र आफ्नो लागि राम्रो काम गर्ने आशा गर्दै सह सचिव शाक्यलाई बजेटको सारथी बनाएका थिए । सुरुमा झुक्किएको विश्वास गरिएकोमा पछि आलोचनाहरुलाई समेत नजरअन्दाज गरेपछि विशेष सहयोगीका रुपमा अत्यन्तै विश्वास गरेर बजेटको सारथी बनाइएका थिए ।

अख्तियारले यसअघि जनार्दन शर्माले आन्तरिक राजश्व कार्यालयमा हुँदा अन्तशुल्क स्टीकर छपाईमा घोटाला गरेको भन्दै ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ भ्रष्टाचार काण्डमा दोषी ठहर गरी निज शाक्यबाट छ करोड ८४ लाख ४५ हजार ६०० रुपैयाँ बिगो भराउन माग दावी गरिएको छ । शाक्य आन्तरिक राजश्व विभागको महानिर्देशक हुँदा उक्त घोटाला काण्ड गराएका थिए ।

त्यस्तै, मुख्य सचिव बैकुण्ठ अर्याल पनि सोही काण्डमा निलम्वनमा परेका छन् । ३८ करोड घोटाला काण्ड हुँदा सञ्चार मन्त्रालयमा सचिवको भूमिकामा रहेका अर्यालका विरुद्धमा सुरक्षित मुद्रण विकास समितिमा अध्यक्षको भूमिकामा रहेर काम गर्दाका बखत भ्रष्टाचा गरेको अख्तियारले ठहर गरेको हो ।

त्यस्तै, तत्कालिन आन्तरिक राजश्व विभागका उप महानिर्देशक टंक प्रसाद पाण्डेय, राजश्व विभागकै तत्कालिन निर्देशक गणेश विक्रम शाही, आन्तरिक राजश्व विभागकै शाखा अधिकृत रविन्द्र प्रसाद पौड्याल, सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन खरिद बिज्ञ शक्ति प्रसाद श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालिन शाखा अधिकृत हरिबल्लभ घिमिरे, सुरक्षित मुद्रण केन्द्रका तत्कालिन लेखा अधिकृत विष्णु प्रसाद गौतम, कुपण्डोलस्थित प्रिन्सेलका मुख्य व्यक्ति एवम् सञ्चालक केशव शर्माका विरुद्धमा मुद्दा दर्ता गरेको हो ।

बजेट सारथी तथा सह सचिव रितेश शाक्य निलम्वनमा परेसँगै वर्तमान अर्थमन्त्री वर्षमान पुनको वर्तमान कार्यशैली र उनको कोरटिमबारे पनि गम्भिर प्रश्न उठेको छ । सञ्चार माध्यममा रितेश शाक्यका विरुद्धमा भ्रष्टाचार गरेकोले अख्तियारले मुद्दा दर्ता गर्दै गरेको तथ्यसहितका समाचार प्रकाशित हुँदा समेत बजेट महाशाखाको जिम्मेवारी तोकिनुले अर्थमन्त्री वर्षमान पुनले आफ्नो कोर टिम भ्रष्टाचारीसँग मिलेमतो गर्ने गरेको तथ्य उजागर भएन र ?

स्मरणरहोस्, रितेश शाक्यका विरुद्धमा नेपाल धितोपत्र बोर्डमा अध्यक्ष हुँदा गरेको घोटाला र तत्कालिन बीमा समितिमा सञ्चालक हुँदा गरेको घोटाला गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता भएको थियो । उक्त काण्डहरुमा छानविन बाँकी नै छ ।

 

अख्तियार र सम्पत्ति शुद्धीकरणको छानविनमा परेका शाक्यको नेतृत्वमा नयाँ बजेट बनाउँदै अर्थमन्त्री पुन, विवादमा पर्ने जोखिम

 

न्यूजप्रिन्ट पेपर घुस सेटिङमा संलग्न प्रिन्टसेललाई राजश्वको स्टीकर छाप्ने जिम्मा, काम चलाउ प्रम देउवा र अर्थमन्त्री शर्माको अर्को सेटिङ !

 

प्रिन्टसेल संलग्न अन्तशुल्क स्टीकर छपाईको भ्रष्टाचार रोक्ने सरकारको निर्णय, साढे चार अर्ब बजेट रोक्न अर्थमन्त्रालयको पत्र

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*