निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य वृद्धिः १० को व्यापार बढ्यो, चारको घट्यो, अन्य कुनको कति ?

९ असार २०८१, आईतवार १५:५७

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य अंकले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको व्यवसाय वृद्धि देखिएको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ०.३६ प्रतिशतले वृद्धि हुदैँ ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँको व्यवसाय गरेका थिएँ ।

तथ्यांक अनुसार ओरियन्टल इन्स्योरेन्सले ४०.५६ प्रतिशतले सर्वाधिक व्यवसाय वृद्धि गरेको छ । साथै, नेशनल इन्स्योरेन्सले १२.३४ प्रतिशत र प्रभु इन्स्योरेन्सले ११.१५ प्रतिशतले दोहोरो अंकले व्यवसाय वृद्धि गर्न सफल भएका छन् ।

त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सले ८.२४ प्रतिशत, नेको इन्स्योरेन्सले ८.०३ प्रतिशत, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ६.४० प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । अधिकांश बीमा कम्पनीहरु व्यवसाय बढाउँन सफल भएका देखिन्छन् ।

हिमालयन एभरेष्टको ५.६६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ५.२४ प्रतिशत, सगरमाथा लुम्बिनीको ५.०२ प्रतिशत, शिखर इन्स्योरेन्सको व्यवसाय वृद्धिमा कम भएपनि समग्र रुपमा सर्वाधिक रहेको छ । कम्पनीले यस अवधिमा आफ्नो व्यवसाय २.८५ प्रतिशतले बढाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये सरकारीसहित चार वटाको व्यवसायमा गिरावट आएको छ । यस अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ३२.३१ प्रतिशतले सर्वाधिक घटेको छ ।

साथै, युनाइटेड अजोड इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय पनि झिनो अंकले घटेको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*