शेयर बजारमा ओरालो यात्राको निरन्तरता, कारोबार चार अर्ब ३७ करोड, फाइनान्समा लगानीकर्ताको आकर्षण
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । लगानीकर्ताको मनोबल उच्च बन्न नसक्दा पुँजीबजारले लय लिन सकेको छैन । नियामक निकायले शेयर बजारलाई प्राथमिकता दिदै आइरहेको भएपनि अब लगानीकर्ताले प्रतिफल खोजि रहेका छन् ।
नीतिगत अस्थिरताको चेपुवामा परेको मार्केट मौद्रिक नीति कुरेर बसेको छ । नेपाल स्टक एक्सेचञ्ज ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको छ ।
बजार ओरालो लागेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.४० प्रतिशत, विकास बैंक समूहको ०.१० प्रतिशत, होटल तथा पर्यटन समूहको १.१० प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ । बजारमा गिरावट देखिए पनि फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
आज पोखरा फाइनान्सको १७ करोड १३ लाख रुपैयाँ, नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।