निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय ३६ अर्बमाथि, शिखर, सगरमाथा, सिद्धार्थ प्रिमियर अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
निर्जिवन बीमा कम्पनीहरुले यस अवधिमा २६ लाख ८ हजार बीमालेख वापत बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड ९९ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
यसअवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनी शिखर इन्स्योरेन्स रहेको छ।
कम्पनीले यसअवधिसम्ममा कम्पनीले ४ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा ४ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा सिद्धार्थ प्रिमियम कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
चौथौमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ अर्ब २३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार नेको इन्स्योरेन्सले २ अर्ब ८८ करोड रुपैया, ।यूनाइटेड अजोडले २ अर्ब ३८ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको तथ्यांकले देखाएको छ।