निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय २३ करोड ९१ लाख रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

९ असार २०८१, आईतवार १४:५६

काठमाडौँ । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनाको अवधीमा कुल २३ करोड ९१ लाख रुपौयाँको बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा आठ करोड ८३ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

साथै, चालु आर्थिक वर्षको ११ महिनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सात करोड ४९ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले पाँच करोड ३७ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले दुई करोड २० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

यता, जेठमा मात्र नेपाल माइक्रोले एक करोड १६ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले एक करोड ३४ लाख रुपैयाँ, स्टार माइक्रोले एक करोड ११ लाख रुपैयाँ र ट्रस्ट माइक्रो ९० लाख रुपैयाँको व्यवसाय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*