नेशनल लाइफकी सिनियर एजेन्सी म्यानेजर तथा चर्चित योग गूरु लक्ष्मीदेवी श्रेष्ठको दुर्घटनामा निधन

९ असार २०८१, आईतवार १४:४१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर तथा चर्चित योग गुरु लक्ष्मीदेवी श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ। शुक्रबार काठमाडौंको जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोक्किएर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा शनीवार निधन भएको हो ।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

बा ३ क ३०५३ नम्बरको टिपर र बा प्र ०२–०३९ प ९९५२ नम्बरको स्कुटर शुक्रबार आपसमा ठोक्किँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया सिनियर एजेन्सी म्यानेजर श्रेष्ठ घाइते भएकी थिइन् ।

नेशनल लाइफ इन्स्योरेन्स परिवार तथा कम्पनीका अभिकर्ताहरुले हार्दिक श्रदान्जली अर्पण गर्दै स्वर्गिय श्रेष्ठको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*