प्रभु महालक्ष्मी लाइफ निजगढ शाखामा सीईओ र अभिकर्ताबीच अन्तरक्रिया
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले बारा क्षेत्रका अभिकर्ताहरुसँग अन्तक्रिया गरेका छन् । शुक्रबार शहीदचोक कार्यलयमा अभिकर्ता र सीईओ प्रसाईबीच कम्पनीको व्यवसाय वृद्धि तथा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गराउने विषयमा उक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्तासँगअसार महिनाको स्पेसल स्किमको विषयमा विशेष छलफल गरेका छन् । साथै, उनले बीमा गराउँन मात्र नभइ दाबी भुक्तानीलाई पनि पहिलो प्राथमिकता दिएर काम गर्न आग्रह गरेका छन् ।
व्यावसायिक वृद्धिको लागि अभिकर्ताहरुलाई समय–समयमा आवश्यक तालिम दिने जानकारी दिदैं सीईओ प्रसाईले एजेन्सी, एजेन्सी म्यानेजर र निजगढ कार्यलयलाइ व्यवसाय वृद्धिको लागि चाहिने आवश्यक सम्पुर्ण कुराहरु सक्दो चाडो उपलब्ध गराउँने प्रतिवद्वता समेत जनाए ।
कार्यक्रममा एजेन्सी हेड प्रभात सिबकोटी, लेखा तथा वित्त हेड लेखनाथ गौतमको, प्रदेश प्रमुख सुदिस्ट गुप्ता समेत उपस्थित रहेको थियो, भने नयाँ तथा पुराना ३० जना अभिकर्ताको सहभागिता रहेको निजगढ शाखा प्रमुख अमृता बस्नेतले जानकारी दिएकी छिन् ।
कार्यक्रममा कम्पनीकी निजगढ शाखा प्रमुख अमृता बस्नेतले सिईओ प्रसाईंलाई मायाको चिनो हस्तान्तरण गर्दै अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि लगायतका तालिमहरु सञ्चालन गरी अभिकर्ताहरुलाई अभैm सक्रिय बनाउन आवश्यक रहेको बताईन् ।