समाज लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा असार ३० गते आईतबार गर्ने भएको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सर्लाहीको मलंगवास्थित जानकी फेमली होटल एण्डा पार्टि प्यालेसमा बिहानको साढे ११ बजे देखि सभा गर्ने निर्णय गरेको हो ।
संस्थाले यसअघिनै गत आर्थिक वर्षको खुद नाफा जगेडा कोष र रिटेन्ड अर्निङमा राख्ने र शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्ने, सञ्चालक समितिलाई अख्तियारी दिने र २ जना सर्वसाधारण समूह ‘ख’ सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आवको वार्षिकर लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभा प्रयोजनार्थ संस्थाले असार २० देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।