यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
९ असार २०८१, आईतवार ०८:३५
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ छ भने बिक्रीदर १३३.९६ रुपैयाँ रहेको छ ।
एक युरोपिएन युरोको खरिदमा १४२.५१ रुपैयाँ र बिक्रीमा १४३.१५ रुपैयाँ लाग्ने भएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा १६८.५१ रुपैयाँ र बिक्रीमा १६९.२७ रुपैयाँ तोकिएको छ ।
आज एक कुवेती दिनारको खरिदमूल्य ४३४.६२ रुपैयाँ र बिक्रीमूल्य ४३६.५७ रुपैयाँ रहेको छ भने बहराइन दिनार एकको खरिदभाउ ३५३.७९ रुपैयाँ र बिक्रीभाउ ३५५.३८ रुपैयाँ रहेको छ ।