कोशी प्रदेशमा आजदेखि अभिकर्ताको परीक्षा हुँदै

९ असार २०८१, आईतवार ०७:२९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरमा आज असार ९ गते, आइतबार देखि जीवन बीमा अभिकर्ताको इजाजत पत्रका लागि अनलाइन परीक्षा हुँदैछ ।

परीक्षा असार ९, १६, २३ र ३० गते अनलाइन माध्यमबाट हुनेछ । परीक्षा बेलुकी ३ बजे देखि साढे ४ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा नेपाल भरीका परीक्षार्थिहरू समावेश हुन सकिने बीमा प्राधिकरणले जनाएको छ ।

बीमा ऐन, २०७९ अुनसार बीमा मध्यस्थकर्ताहरूको परीक्षा दिएर मात्र इजाजत पत्र दिने व्यवस्था गरिए बमोजिम परीक्षा सञ्चालन गर्न लागिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*