ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष हस्पिटलमा ३० प्रतिशतसम्म छुट

७ असार २०८१, शुक्रबार १६:४६

काठमाडौँ ।ग्लोबल आइएमई बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा।सन्तोष शाक्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरुले आरुष हस्पिटलको कुपण्डोल हाईट, ठिमी चारदोबाटो, टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बर्गाछी विराटनगरस्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न हस्पिटल तथा सम्बन्धित संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभ प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*