बीमितको लागि केही फरक बीमा योजना ल्याउने तयारीमा नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही फरक बीमा योजना ल्याउने तयारी गरेका छ।नेपाली माटो सुहाउदो बीमा योजना ल्याउने तयारी गरिरहेको नेपाल लाइफले व्यवसायिक घराना व्यक्तिहरुको लागि मनी ब्याक पोलिसी ल्याउने तयारी गरेको छ। जसमा नेपाल लाइफमै भएको बीमा योजनाको समावेशीता भएको पोलिसी हुन्छ ।
जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफनो कम्पनीमै भएको प्रोडक्टहरुको समिश्रण गर्न लागिएको बुझिएको छ।
त्यस्तै, कम्पनीले टर्म इन्स्योरेन्स पनि ल्याउने तयारी गरिएको बुझिएको छ।कम्पनीले टर्म इन्स्योरेन्स बीमा प्राधिकरणमा पेश गरिसकेको छ भने मनि ब्याक पोलिसी डिजाईनको चरणमा राखेको छ।
नेपाल लाइफले केही महिनाअघि मात्रै हाल सर्वाधिक बीमितको रोजाईमा पर्न सफल केटाकेटी बीमा योजना नेपाली बजारमा भित्र्याएको थियो ।
जसमा सर्वसाधारणको निकै चासो र रोजाईमा पर्ने गरेको कम्पनीको भनाई छ ।
नेपाल लाइफ यस्तो कम्पनी हो । जँहा हरेक बीमा योजना ल्याउने समयमा बीमा अभिकर्तासँग छलफल हुने गर्दछ । बीमा अभिकर्तासँगको सहकार्यमा ल्याएको बीमा योजनाले उत्कृष्ट व्यापार गर्दै आएको कम्पनीको भनाई छ ।