११ महिनामा १४ खर्बको आयात हुँदा १ खर्ब ३९ अर्बको निर्यात, व्यापार घाटा कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । उक्त आयात गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बस्तु आयात १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको भएको थियो ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा एक खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात खुम्चिएसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।
यता, नेपालको वैदेशिक व्यापार घाटा भने १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । जुन गत वर्षको सोहि तुलनामा १.९५ प्रतिशत कमी हो ।