नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशमा असार ९ गतदेखि अभिकर्ताको परीक्षा हुदैं

७ असार २०८१, शुक्रबार १३:५६

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशमा असार ९ गते जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा हुने भएको छ ।

नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरले एक सूचना जारी गर्दै असार ९ गते आइतबारदेखि परीक्षा हुने जनाएको हो । उक्त परिक्षा असार ९, १६, २३ र ३० गते अनलाइन माध्यमबाट हुने उक्त परीक्षा बेलुकी तीन बजेदेखि साढे चार बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा देशभरका परीक्षार्थीहरु समावेश हुन पाउनेछन् ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा दिएर मात्र ईजाजतपत्र दिने व्यवस्था भएकाले परीक्षा संचालन गर्न लागिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*