टप १० लघुवित्तका सीईओले एक वर्षमा बुझे साढे २ करोड बढी तलवभत्ता, कुनले कति ?

७ असार २०८१, शुक्रबार ११:०४

काठमाडौँ । पछिल्लो समय लघुवित्त कम्पनी गरिखाने वर्गको साहार बन्दै आइरहेको छ । आम सर्वसाधारणका घरदैलोमा नै पुगेर लघुवित्त समस्याको मलम बन्दै गइरहेको हो । लघुवित्त गरिबीको रेखामुनि रहेको जनसमुदायलाई बिनाधितो कर्जा प्रवाह गरी आर्थिक र सामाजिक रूपान्तरण गर्ने कार्यमा अग्रसर हुँदै आइरहेको छ ।

हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर ५३ वटा लघुवित्त कम्पनीहरु सञ्चालनमा रहेका छन् । पछिल्लो समय लघुवित्त कम्पनी विरुद्ध चलेका आन्दोलनले योे क्षेत्रमा केहि समस्या पैदा भएको थियो । सडकमा लघुवित्तको ऋण मिनाह गर्नुपर्ने माग गर्दै चलेको आन्दोलनले कम्पनीहरुको खराब कर्जा निकै प्रभावित हुन पुगेको हो । अहिले विस्तारै सकारात्मक माहोल बन्दै जाँदा लघुवित्त क्षेत्र आफ्नो लयमा फर्कि रहेका छन् ।

लघुवित्त क्षेत्रले हजारौलाई रोजगारी दिएको छ । सञ्चालित लघुवित्त कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० को वार्षिक साधारण सभा सम्पन्न गरी सकेका छन् । सभा मार्फत कम्पनीहरुले वार्षिक वित्तीय विवरण र प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुको सेवा सुविधा तथा पारिश्रमिक प्रस्ताव समेत पारित गरेका छन् ।

लघुवित्त कम्पनीको प्रमुख जिम्मेवारी समालि रहेका ब्यक्तिहरुले वार्षिक कति कमाउँछन् होला ? आज हामीले टप १० लघुवित्तका सीइओहरुको तलब सुविधा बारे प्रस्तुत गरेका छौं ।

छिमेक लघुवित्त जुन कम्पनीका अधिकांश वित्तीय सूचक अब्बल छन् । शेयर बजारमा समेत लगानीकर्ताको मुख्य आकर्षण रहेको छिमेक लघुवित्तका सीइओ चोलराज शर्माले आर्थिक वर्ष २०७९।०८० मा २८ लाख ८० हजार रुपैयाँ तलब भत्ता वापत बुझेका छन् ।

धेरै तलब भत्ता बुझ्ने दोस्रो नम्बरमा महिला लघुवित्तका सीईओ कृष्ण प्रसाद न्यौपानेले छन् । उनले एक वर्षमा २७ लाख ८२ हजार रुपैयाँ तलब भत्ता बुझेका हुन् । यता, साधना लघुवित्तका सीईओ रेशम न्यौपानेले पनि २७ लाख ७२ हजार रुपैयाँ तलव भत्ता वापत बुझेका छन् ।

साथै, मिथिल्ला लघुवित्तका सीईओ सत्यदेव राउतले उक्त आर्थिक वर्षमा तलवभत्ता वापत २७ लाख २६ हजार रुपैयाँ, विन नेपाल लघुवित्तका सीईओ जिवन खनालले २४ लाख एक हजार रुपैयाँ, सपोर्ट लघुवित्तका सीईओ कुल्मनी तिमिल्सिना २२ लाख २४ हजार रुपैयाँ आर्थिक वर्ष २०७९।०८० मा बुझेका छन् ।

त्यस्तै, सामुदायिक लघुवित्तका सीईओ निर्मल कुमार कार्कीले २२ लाख नौ हजार रुपैयाँ, मनकामना स्मार्ट लघुवित्तका सीईओ देव सिंह बिष्टले २१ लाख ९८ हजार रुपैयाँ र उपकार लघुवित्तका सीईओ सारदा कुमारी खत्रीले १८ लाख ६१ हजार रुपैयाँ बराबरको तलवभत्ता बुझेकी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*