प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

७ असार २०८१, शुक्रबार १०:०४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एक लाख ६१ हजार ५८०.७८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै शेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये संस्थापक शेयरधनीको नाममा रहेको ५६ हजार ५८०.७८ कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । संस्थापक शेयरधनीले शेयर नकिनेपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । शेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यस्तै बैंकले एक लाख पाँच हजार कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा ल्याएको छ । यो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । म्याद व्यतित भएमा यो शेयरपनि सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

2 thoughts on “प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

  1. DP pandey says:

    Mero share ma rakho bhane 1 din ma bikini huncha

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*