नेपाल रि र जीवन बीमा कम्पनीबीच अन्तर्क्रिया

७ असार २०८१, शुक्रबार ०८:५७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले असार ६ गते बिहिवार सम्पूर्ण जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरूसँग अन्तर्क्रिया गरेको छ । अघिल्लो साता निर्जीवन बीमा कम्पनी तथा लघु निर्जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरूसँग अन्तर्क्रिया गरेको नेपाल नेपाल रिले यसपटक जीवन बीमकहरुलाई समेटेको हो ।

काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा चालु आर्थिक बर्षका व्यावसायीक अनुभव तथा समस्याहरुमा छलफल गर्दै आगामी आवमा बीमक तथा पुनर्बीमकका अपेक्षाहरु आदान प्रदान गरिएको थियो । गत आवमा नियामकिय निकायबाट जीवन बीमाको पुनर्बीमा सम्बन्धमा भएका पटक पटकका फरक फरक ब्यहोराका निर्देशनहरुले कम्पनीहरुलाई काम गर्न कठीन भएको र सो मा पुनर्बीमकका हैसियतले नेपाल रिले सहजताका लागि भुमिका खेल्नुपर्ने सुझाब दिएका थिए ।

आगामी आव २०८१।८२ का लागि पुनर्बीमा सम्झौता नवीकरणपूर्व आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा नेपाल रिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी, दाबी बिभाग प्रमुख इश्वर प्रधान, जोखिमाङ्कन विभाग प्रमुख बिष्णु न्यौपाने तथा अन्य कर्मचारीहरु र जीबन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीका तर्फबाट पुनर्बीमा विभागका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

पुनर्बीमकका हैसियतले नेपाल रि र बीमा कम्पनीहरुसँग हुने पुनर्बीमा सम्झौतामा रहेका शर्तहरु तथा कार्यप्रक्रियामा रहेका असहजताहरुलाई आपसी समझदारीमा टुङ्ग्याउनका लागि बीमा कम्पनीहरुसँग बिभिन्न चरणमा छलफलहरु आयोजना गर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*