यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
७ असार २०८१, शुक्रबार ०७:४१
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ७ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै एक युरोको खरिदका लागि १४३ रुपैयाँ २८ पैसा लाग्नेछ भने बिक्रीमा १४३ रुपैयाँ ९२ पैसा पाइन्छ । एक बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७० रुपैयाँ २४ पैसा रहेको छ ।
आज एक कुवेती दिनारको खरिददर ४३५ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर ४३७ रुपैयाँ ५१ पैसा रहेको छ भने एक बहराइन दिनारको खरिदका लागि ३५४ रुपैयाँ २९ पैसा र बिक्रीका लागि ३५५ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।