कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
७ असार २०८१, शुक्रबार ०६:३०
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
तोकिएको समयभित्र संस्थापकहरूले उक्त शेयर नकिनेमा सर्वसाधारणलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।