सर्वोत्कृष्ट बीमा कला भएका अभिकर्ताबाटै नेपाल लाइफ सर्वोत्कृष्ट भएको होः उमापति पोखरेल, सेल्स हेड नेपाल लाइफ

६ असार २०८१, बिहीबार १६:१६

काठमाडौं । कुनै पनि जीवन बीमा कम्पनीका लागि बीमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । जति क्षमता र दक्षतायुक्त बीमा अभिकर्ता जन्माउन सक्यो उति नै बीमा व्यवसाय बढ्न जाने हुन्छ ।नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी नेपाल लाइफले आफ्ना बीमा अभिकर्ताहरुलाई जीवन बीमा बिक्री गर्ने कला सर्वोत्कृष्ट बनाएकै कारण आम पनि देशको पहिलो कम्पनीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

बीमा कम्पनीभित्र काम गर्ने उत्साहप्रद वातावरण र बीमितको घर घरमा पुगेर बीमा अभिकर्ताले सिर्जना गर्ने बीमामय वातावरण बनाउँदै बीमा व्यवसाय चम्काउने गरेकोले अन्य बीमा कम्पनीहरुका लागि नेपाल लाइफ भारी पर्दै आएको छ ।देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफको सफलताको पछाडी नेपाल लाइफको व्यवसाय रणनीति समेतले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल लाइफको ब्राण्डिङ र व्यवसाय रणनीति आम बीमा कम्पनीहरुका लागि निकै महत्वपूर्ण र चासोको विषय हुन आएको छ।

नेपाल लाइफले बीमा पोलिसी बेच्ने शैली, बीमा योजना, बोनसदरको र प्रतिफल, अभिकर्ताको अवस्था र बीमित र बीमकबीचको सम्बन्ध र जीवन बीमामा भएका समस्याको बिषयमा आज बीमापोष्टले कम्पनीका नायब महाप्रबन्धक (सेल्स हेड) उमापती पोखरेलसँग यही सन्दर्भमा कुराकानी गरेका छौैं ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १६ वर्ष अगाडी शिक्षण पेशा त्यागेर आएका ‘उमापति पोखरेल’को नाम नेपाल लाइफका हजारौ अभिकर्ताहरुलाई अभिप्रेरित गरिसकेका छन् । आज नेपाल लाइफले जति पनि बीमा शुल्क आर्जन गरेको छ, जति पनि अभिकर्ताको सञ्जाल छ । त्यसमा ठुलो योगदान पुर्याउने व्यक्तिहरुमा उनी पनि पर्छन् ।

शिक्षण पेशामार्फत अभिकर्ता पेशा हुँदै नेपाल लाइफको सेल्स हेड उमापतिले बीमा बजारलाई नजिकबाट बुझने मौका पाएका छन् ।

दुई दशक लामो अनुभव बोकेको पोखरेलले कम्पनीभित्र र पोलिसीको बिषयमा उनी केही जान्ने प्रयास गरेका छौ । पोखरेलसँग रिना खत्रीले गरेको कुराकानीको सारः

बीमा भनेको के हो ? बीमा किन गर्ने?

समग्रमा भन्दा कुनै पनि व्यक्ति र उसको भौतिक सम्पत्तिमाथि कुनै घटना वा दुर्घटनाको कारणबाट पर्न सक्ने क्षतिको सुरक्षा प्रदान गरी दायित्व निर्वाह गर्ने कार्य नै बीमा हो ।

बीमा भनेको बीमित र बीमकबीच गरिएको एउटा कानूनी करार हो । यसमा दुई पक्ष हुन्छ एउटा बीमा गर्ने पक्ष र अर्काे बीमा गर्दिने पक्ष । र छोटकरीमा भन्नुपर्दा कुनै पनि व्यक्तिको जीवनमाथि आईपर्ने आर्थिक जोखिमको रक्षा गर्नु नै बीमा हो ।

यसलाई अझ सरल तरीकाले भन्दा बीमालाई मैले तीनवटा अङ्ग्रेजी शब्दलाई जोडेर भन्छु त्यो हो एसआईआर । एसको मतलब सेभिङ (बचत) ‘तर बीमा सेभिङ मात्रै नभएर सूपर सेभिङ हो ।’ आईको मतलब इन्भेष्टमेन्ट हो ।

बीमा भनेको आफ्नो भविष्य र परिवारको लागि गरिने लगानी हो । अन्य क्षेत्रमा गरेको लगानीले हामीलाई व्याज मात्र दिन्छ । जोखिम बहन गर्दैन् । तर बीमामा गरेको लगानीले जोखिम बहन गर्छ । अर्को मतलब रिस्क कभर हो ।

किनभने हामी जोखिमबाट टाढा छैनौं । दुर्घटनाले ठूलो–सानो, धनी–गरीब भन्दैन् । जोखिम सबैलाई उत्तिकै हुन्छ । बीमाले जोखिमको बहन गर्छ ।

नेपालमा आजको समयमा बीमित र बीमकबीच कस्तो सम्बन्ध छ ?

अझै पनि बीमितहरू बीमाप्रति सचेत हुनु हुन्न । बीमाको बारेमा धेरै बुझ्नु भएको छैन् । शुरूमा म अभिकर्तालाई के भन्छु भने पहिला त बीमितको घरमा पुगेर बीमाको बारेमा स्पष्ट पार्दिनुस् ।
त्यसपछि बीमित कस्तो प्रकृतिको मान्छे हो त्यो सोध्नुहोस्, बीमित ब्यापारी हो की, जागीरे हो की, गृहस्थी हो की र कुन प्रकारको बीमितलाई कुन प्रकारको प्रडक्ट चाहिन्छ त्यो बुझाउनुहोस् । नेपाल लाइफको सन्भर्दमा भन्ने हो भने जन्मेको ३० दिन पछि देखि ७० वर्षसम्मको मानिसलाई बीमा गराउन सकिने प्रडक्ट छन् ।
बीमितलाई सबै बीमाको प्रडक्ट बताएर बीमितलाई नै बीमा रोज्न लगाउने हो । बीमितले आफ्नो आर्थिक क्षमता हेरेर बीमा गर्नुपर्छ ।

बीमितले बीमा गर्दा बोनसदर हेर्नुपर्छ की पर्दैन्?

बीमितले सबैभन्दा पहिला बीमाको प्रडक्ट हेर्नुपर्छ आफूलाई सुहाउँछ की सुहाउँदैन् ।
बोनसदर भनेको अस्थिर हुन्छ, त्यो भोलि बढ्न, घट्न सक्छ । कम्पनीको ब्यापार बढ्दै गयोभने बोनसदर बढ्दै जान्छ । बरू कम्पनीको इतिहास, लगानी र क्षमता अध्ययन गरेर प्रडक्ट अध्ययन गरेर मात्रै बीमा गर्नुहोस् । बोनसदर हेरेर भन्दापनि कम्पनीको प्रोफाइल र प्रडक्ट हेरेर बीमा गर्नुपर्छ ।

नेपाल लाइफमा के–कस्ता प्रडक्ट छन्?

नेपाल लाइफमा बालक जन्मेको ३० दिन पछि देखि लिएर ७० वर्षसम्मको मानिसलाई समेटेर बीमा योजना बनाइएको छ । जन्मेको ३० दिन देखि १७ वर्षसम्मको बच्चालाई कभर गर्ने गरी केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना रहेको छ ।

यो अत्यन्तै पपूलर योजना हो । यो भन्दा माथि १८ वर्षदेखि माथि ७० वर्षसम्मका मानिसका लागि धेरै किसिमका बीमा छन् । त्यसमा पनि बीमितको अवस्था र प्रकार हेरेर फरक फरक किसिमका छन् । मनिब्याक पोलिसी व्यापारी वर्गलाई लक्षित गरेर बनाइएको जीवन सम्वृद्धि, जीवन उन्नति, सदावर, धनवर्षा जस्ता बीमा पोलिसीहरु छन् ।

जागीरे र भविष्यमा बाँचेर पनि र मृत्यु्पछि पनि परिवारले पाउने जीवन साहारा बीमा पोलिसी छ । अर्काे अनमोल जीवन बीमा योजना आफू बाँचेर पनि पाउने र एउटा निश्चित उमेर पुगेपछि फिर्ता पाइन्छ ।

अहिले सर्वाधिक रुचाइएको सुनौलो भविष्य जीवन बीमा योजना हो । दम्पत्तिहरूका लागि जीवन सारथी बीमा पोलिसी पनि छ योबाट श्रीमान श्रिमती दुबैको नाममा बीमा हुन्छ । अर्को समुन्नत जीवन बीमा योजना छ ।

यसले प्राकृतिक मृत्युमा बीमांकको दुई गुणा बोनस र असमायिक मृत्युमा बीमांकको तीन गुणा र बोनस पाइन्छ ।

कुन बीमा पोलिसी बीमितले धेरै रुचाउछन्?

नेपाल लाइफमा सर्वाधिक रुचाइएका बीमाका पोलिसीहरुमध्ये केटाकेटी सुनौलो भविष्य, सुनौलो भविष्य जीवन बीमा योजना, जीवन साहारा, जीवन समृद्धि र जीवन ज्योति लगायतका योजनाहरु आम नागरिकहरुले बढी रुचाएका छन् ।

बीमा हुँदा खानेको लागि हो की, हुने खानेका लागि?

बीमा सबैभन्दा पहिलो कम आयस्रोत हुनेका लागि हो । हुनेहरूको लागि पनि नहुनेहरूको लागि बीमा हो । बीमा धनीहुनलाई हैन गरीब हुनबाट बच्नलाई हो । किनभने हुँदाखानेको घरमा केही घट्ना घटेमा ठूलो आर्थिक संकट आइपर्छ बीमाले यो संकट केही हदसम्म टार्न सहयोग गर्छ । यसको मतलब यो पनि हैन की बीमा हुँदाखानेले मात्रै गर्नुपर्छ । बीमा त बसैले गर्नेपर्छ । किनभने उहाँहरूले ठूलो लगानी गर्नुभएको हुन्छ । त्यसमा अकस्मात केही क्षति वा दुर्घटना भएमा उहाँहरूको जोखिम रक्षावरण कसरी हुन्छ? त्यसैले बीमा सबैले गर्नैपर्छ । हुँदाखानेले सानो बीमांकको बीमा गर्नुपर्छ हुनेखानेले आफ्नो दक्षता अनुसारको बीमा गर्नुपर्छ । किनभने जोखिम र दुर्घटनाले धनीगरीब हेर्दैन् ।

नेपाल लाइफलाई काम गर्न कत्तिको चुनौती छ?

नेपाल लाइफ हरेक कुरामा अघि रहेको कम्पनी हो । चुक्ता पूँजी हेर्ने हो भनेपनि नेपाल लाइफ सबैभन्दा अघि छ । १९ वटा कम्पनी भएको अवस्थामा चुक्ता पूँजी पुर्याउन नसकेर कम्पनीहरू मर्ज भएर १४ वटा भएको बेला पनि नेपाल लाइफ मर्ज हुन परेको छैन् । ३३ लाखभन्दा बढी बीमित छन् र हाल ५६ हजारभन्दा बढी अभिकर्ता कार्यरत छन् ।
नेपाल लाइफ सर्वाधिक कर तिर्ने कम्पनीको सूचीमा पनि पर्छ । हाम्रो फेरि अभिकर्तासँग एकदमै सुमधुर सम्बन्ध छ । सानादेखि साना अभिकर्ता होस् वा एउटा पोलिसी ल्याउनेदेखि १०० वटा पोलिसी ल्याउने अभिकर्तासँग समान व्यवहार हुन्छ ।

यसकारण पनि नेपाल लाइफको साख बचाउन अभिकर्ताहरूको बल धेरै छ । भूमिका त सबैको धेरै छ । अभिकर्ताहरूको भूमिका अर्झ महत्वपूर्ण छ ।
हामी अभिकर्तालाई लाँदेर कहिल्यै अघि बढ्दैनौ । अभिकर्ताहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेर बजारको माग बूझेर प्रडक्टहरू ल्याउँछौं ।
अभिकर्ताहरूसँग हामी राम्रो सम्बन्ध राख्छौं । यसकारण पनि अभिकर्ता हत्तपत्त हाम्रो कम्पनी छाडेर जानै चाहदैनन् ।

पछिल्लो समय दाबी भुक्तानीमा समस्या धेरै छ भन्ने छ नि?

हाम्रो कम्पनीमा मेच्युरिटी बीमा दाबी परेको र सबै कागजात उपलब्ध भएको अवस्थामा १० मिनेटभित्रै सेन्टरपेमेन्ट बीमितको खातामा पठाइदिन्छौं । अन्य प्रकारको दाबी भुक्तानीमा पनि सबै कागजात प्राप्त गरेको कम भन्दा कम समयमै दाबी भुक्तानि गरिएको छ ।
अझ हामी पछि यस्तो दाबी भुक्तानी प्रणाली ल्याउन चाहन्छौं जसबाट बीमित बीमा दाबी लिन नआएपछि दाबी भुक्तानी होस् । कुनै अवस्थामा बीमितले सबै कागजात नबुझाएर वा प्रिमियम भुक्तानी नभएर दाबी भुक्तानीमा समस्या आउने गर्छ । बीमितले दाबी भुक्तानी पाउनै पर्छ ।
बीमा गरेपछि दाबी भुक्तानी नपाउने हो भने बीमाको अर्थ रहँदैन् । हाम्रो ९८ प्रतिशत क्लेम सेटल छ ।

पछिल्लो समय अन्डरराइटिङमा समस्या आएको छ भनिन्छ नी?

बीमितले ठूलो राशीको बीमा गराउन खोज्नुहुन्छ । आम्दानी पनि छ गर्नसक्नु हुन्छ पनि तर लिगल इन्कम सोर्स नभएको पनि हुन सक्छ । मानिसले आफ्नो सबै सोर्स अफ इनकम देखाउन चाहदैनन् । त्यो कारण पनि समस्या आउँछ ।

लिगल इनकम सोर्स नदेखेपछि अन्डरराइटरले त्यो राशीको बीमा पास गराउन सक्दैन । कतिपय घटनामा इनकम सोर्स पुगेन भनेपछि बीमितले बल्ल आफ्नो थप सोर्स देखाउनुहुन्छ ।

बीमितले किन बीमा गर्न रुचाउदैनन्?

यसमा केहो भने बीमितले अझैपनि बीमाको बारेमा बुझेको हुदैन् । नेपाल सरकारले पनि प्रत्येक मानिसलाई उसको आवश्यकताअनुसार बीमा गराउन आग्रह गर्नुपर्छ । यदि कुनै कम्पनीले आफ्नो कर्मचारीलाई यहाँ जागीर खाएपछि बीमा गर्नैपर्छ भन्ने हो भने पनि धेरैको बीमा हुन्छ ।

मेरो बिचारमा हर एक मानिसले बीमा गर्नुपर्छ । बीमाले बचत हुन्छ, जीवनको जोखिम बहन हुन्छ । पहिलो गाडिहरूको पनि बीमा हुँदैन थियो तर जब राज्यले सवारीसाधनको बीमा अनिवार्य गर्यो तबदेखि सवारी दुर्घटनामा परेका हरेकको जोखिम बहन भएको छ ।

नेपाल बीमा प्राधिकरणबाट के अपेक्षा गर्नु भएको छ?
निमायक निकायले हरेक किसिमको सहयोग गरेको छ । सातवटै प्रदेशमा कार्यालय खोलेर बीमा सचेना कार्यक्रम पनि गरेको छ । अझैपनि कतिपय कुराहरूमा राज्य समेतको सहकार्यमा बीमा अनिवार्य गर्दै जाने हो भने प्रत्येक मानिसको जीवन सुरक्षा हुन्छ । राज्यले यस किसिमबाट जानुपर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*