१०.४४ अकंले घट्यो पुँजी बजार, फाइनान्सको शेयरमा रौनक, तीन अर्ब ८७ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले बढेको छ । बुधबार झिनो सुधार देखिएको बजार आज भने राताम्य भएको हो । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर हुँदै गइरहेको छ । सेबोनको अध्यक्ष नियुक्तिमा भइरहेको अन्यौलले समेत पुँजी बजार प्रभावित भइरहेको छ ।
बैंकको ब्याजदर घट्दो क्रममा भएपनि मार्केटमा सुधार देखिएको छैन । बजार घटेपनि आज कारोबार भने बढेको छ । अब लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । नियामक निकायले लगानीकर्तालाई प्रोत्साहनको कार्यक्रम ल्याउनु आवश्यक रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४४ अकंले घटेर २०६८.३१ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।
बजार राताम्य हुँदा समेत फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज फाइनान्स समूहको १.८३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.१३ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको हो । आज अन्य ११ उपसूचक भने राताम्य भएका छन् ।
यसदिन माउन्टेन इनर्जीको १७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।