प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

६ असार २०८१, बिहीबार ०८:३२

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी श्री सनराईज होल्डिङ्गस् प्रा.लि.को नाममा रहेको एक लाख ३८ हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापकले शेयर नकिनेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*