मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
६ असार २०८१, बिहीबार ०८:०६
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ ।
यो शेयर विद्यमान संस्थापक शेयरधनी वा अन्य बैंक तथा वित्तीय संस्थाहरूले किन्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । शेयर खरीदका लागि आवेदन दिंदा सबै कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ ।
उक्त शेयर किन्न चाहनेले शेयर संख्या र सोको मूल्यसमेत खुलाई असार १२ गतेसम्म काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।