दुई उप कार्यकारी निर्देशक र तीन निर्देशक पद थप गर्ने प्रस्ताव बोकेर बीमा प्राधिकरण अर्थ मन्त्रालयमा

५ असार २०८१, बुधबार १७:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अन्यत्र अभ्यास नै नभएको उप कार्यकारी निर्देशक पद थप गर्ने भन्दै अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले हिजो अर्थमन्त्रालयमा पुगेर उप कार्यकारी निर्देशक दुई जना र निर्देशक तीन जना थप दरबन्दी माग गर्दै प्रस्ताव पेश गरेको हो ।

हिजो सोमबार अध्यक्ष सिलवाल आफै अर्थ मन्त्रालय पुगेर प्राधिकरणमा दरबन्दी थप गर्ने विषयमा ब्रिफिङ गरेको जनाइएको छ ।

प्राधिकरण केही समय अघि गरेको ओएनएम सर्भे अनुसार उप कार्यकारी निर्देशक थप गर्ने प्रस्ताव जबरजस्ती पास गर्न लगाइएको थियो । बीमा प्राधिकरणको दायरा फराकिलो पार्न थप तीन निर्देशक पद आवश्यक पर्ने भएपनि वृत्ति विकास रोक्ने तथा अस्वाभाविक रुपमा पदमा ओगट्ने गरी उप कार्यकारी निर्देशक पद थप गर्न लागेको हो ।

प्राधिकरणले थप गर्न लागेको उप कार्यकारी निर्देशक पद नेपालका अन्य कुनै पनि नियामक निकायमा चलन चल्तीमा आएको छैन । प्राधिकरणले अर्थ मन्त्रालयमा पेश गरेको यस्तो गलत अभ्यास स्वीकृत भएमा नेपाल राष्ट्र बैंक, नागरिक उड्डयन प्राधिकरण, दुर सञ्चार प्राधिकरण जस्ता अन्य थुप्रै नियामकीय निकायहरुमा उप कार्यकारी निर्देशक बनाउने बाटो खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*