अर्बौ राजस्व छलि गर्ने बिवाईडीको साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागको छापा

५ असार २०८१, बुधबार १४:४४

काठमाडौँ । बिवाईडी विद्युतीय गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ । अर्बौ रकम भन्सार छलेर गाडि आयात गरेको सूचनापछि विभागले असार ४ गते मंगलबार कम्पनीमा छापा हानेको हो ।

विभागका महानिर्देशक चक्र बहादुर बुढाले मंगलबार साइमेक्स इंकमा छापा हानेको पृष्टि गरेका हुन् । छापासँगै मुख्य कागजात जफत गरेको बुढाले बताए । बीमा पोष्ट डटकमले समेत बिवाईडीले कर छलि रहेको तथ्य प्रकाशित गरेको थियो ।

बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी

भन्सार विभागले पनि उक्त कम्पनी माथि अनुसन्धान गरिरहेको छ । विद्युतीय गाडीले किलोवाट घटाएर भन्सार छलेको भन्दै विभागले समेत गोप्य अनुसन्धान अघि बढाएको स्रोतले बताएको छ । यदि बीवाइडिले कर छलि गरेको पाइएमा करिब ४ अर्ब रुपैयाँ बिगो तिर्नुपर्ने देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*