सरकार छोड्ने तयारीमा रास्वपा ! बालुवाटारमा मध्यराति देउवासँग किन भयो छलफल ?

५ असार २०८१, बुधबार ०७:१९

काठमाडौं । सरकार सञ्चालनको क्रममा एमाले अध्यक्ष केपी ओलीले अत्याचार गरेपछि अत्तालिएका प्रधानमन्त्री प्रचण्ड पुनः कांग्रेससँग छलफल अघि बढाएका छन् । उता, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने मनस्थितिमा पुगेको छ ।

नेपाल धितोपत्र बोर्ड लगायतका नियुक्तीलाई बजेटसँग जोडेर आफ्नै सरकारको हुर्मत लिन थालेपछि प्रधानमन्त्री प्रचण्डको लागि एमाले टोक्नु न बोक्नुको स्थितिमा पुगेको छ । सत्ता गठबन्धनले नै बनाएको बजेटका विरुद्धमा संसदमा चर्को विरोध सत्ता पक्षका प्रमुख घटक एमालेबाटै भएपछि प्रधानमन्त्री प्रचण्डले हिजो मध्यराति नेपाली कांग्रेसका नेताहरुसँग गोप्य छलफल गरेका छन् ।

एमालेका नेता विष्णु पौडेल आफै बसेर बनाएको बजेटको अध्यक्ष ओलीसहितका नेताहरुले संसदमै चर्को विरोध गरिरहेका छन् । अझ एमालेकै इसारामा चल्ने राप्रपाले त झन् बजेट किताब नै च्यातेपछि परिस्थिति अर्कै बनेको छ ।

नेपाल धितोपत्र बोर्डमा सोही संस्थामा लामो समय काम गरेका डा. नबराज अधिकारीलाई बनाउने प्रधानमन्त्री प्रचण्डको चाहना छ । धितोपत्र बोर्डमा धेरै क्षेत्रको चासो र दवाव आउन थालेपछि प्रधानमन्त्री प्रचण्डले निष्पक्ष बनाउन बोर्डकै बरिष्ठ कर्मचारीलाई अध्यक्ष बनाएरै छोड्ने अडानमा रहेका छन् । बालुवाटार स्रोतका अनुसार तर, प्रम प्रचण्डको सो चाहनामाथि प्रधानमन्त्री केपी ओलीले अबरोध गर्दै बजेट नै पास गर्न नदिने भन्दै बार्गेनिङ गरिरहेका छन् । केपी ओलीले बजेट पास गर्न नदिएको अवस्थामा कांग्रेसकै समर्थनमा बजेट पास गर्ने रणनीतिमा प्रधानमन्त्री प्रचण्ड रहेको विश्वस्त सूत्रले जनाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको विकासले प्रधानमन्त्री प्रचण्ड पुनः गठबन्धन फेर्ने मनस्थितिमा पुग्न लागेको जनाइएको छ । हिजो मध्यराति बालुवाटारमा भएको कांग्रेस नेताहरुसँगको गोप्य भेटवार्ताले पनि एमाले अब छिट्टै सत्ताबाहिर बाहिरिएर प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग सहकार्य गर्ने स्थतिमा पुग्ने विश्वास गरिएको छ । त्यसो त पछिल्लो समय संसदमै पनि सो परिदृष्य देखिइसकेको छ । सरकारले ल्याएको बजेटको एमालेले विरोध गरिरहेको छ भने नेपाली कांग्रेसले समर्थन गरिरहेको छ । कांग्रेस नेता धनराज गुरुङदेखि सुनिल शर्मा समेतले सत्ता गठबन्धनले ल्याएको बजेटको समर्थन गरिरहेका छन् । संसदमा बजेटको समर्थन गर्नुले समेत प्रधानमन्त्री प्रचण्ड ओलीतिर भन्दा पनि कांग्रेसतिर नजिक हुन सहज हुनेछ ।

धितोपत्र बोर्डको अध्यक्षको सम्बन्धमा केपी ओलीले लिएको अडान प्रति रास्वपाले समेत आश्चर्य व्यक्ति गर्दै प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन फेर्न सहयोग गरिदिने बचन दिइसकेको जनाइएको छ ।

प्रम प्रचण्डले कांग्रेससँग गठबन्धन बनाएमा रास्वपा सरकारबाट बाहिरै बस्नेछ । हाल अदालतमा समेत मुद्दा परिसकेको र संसदीय छानविन समेत अघि बढिरहेको अवस्थामा रास्वपाका लागि गठबन्धन फेरबदल भएमा सबै मन्त्रीहरुले राजिनामा गरेर सघाउने बताउँदै आएका छन् । पछिल्लो समय विराजभक्त महर्जनले सत्ता गठबन्धनका कारण गोजीमा राजिनामा लिएर हिडेको र कुनै पनि बेला राजिनामा दिनसक्ने बताएका थिए ।

माओवादी र रास्वपाको छलफलमा केपी ओलीले राजनीतिक नियुक्तीमा विवादित र भ्रष्ट समुहलाई उचालेर सत्ता गठबन्धन नै बद्नाम गराउने प्रयास गरेको निष्कर्ष निकालिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धन फेरबदल गर्न कुनै समस्या छैन । यसअघि कांग्रेसको गठबन्धनबाट एमालेतर्फ आएका प्रचण्ड पुनः कांग्रेसको साथमा अघि बढ्न समस्या छैन । यसअघि कांग्रेसमा शेर बहादुर देउवाले यसैगरी गृहमन्त्री र अर्थमन्त्री परिवर्तन गर्ने भन्दै ल्याङ ल्याङ गरेकोले सत्ता गठबन्धन फेर्नु परेको थियो । कांग्रेसले थाहै नपाई रातारात गठबन्धन परिवर्तन गरेपछि सभापति शेर बहादुर देउवा स्तब्ध हुन पुगेका थिए । अहिले एमाले अध्यक्ष केपी ओलीको सेबोनको अध्यक्षकै कारण पुर्पुरोमा हात हुने त होइन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*