११ महिनामा १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज

४ असार २०८१, मंगलवार १९:०८

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले विभिन्न समयमा नविकरण नगरेका कम्पनीहरुको लाइसेन्स खारेज गरेको हो ।

दुरसञ्चार नियमावली, २०५४ को नियम १२ मा व्यवस्था गरिए बमोजिम अनुमति पत्र नविकरण गर्न प्राधिकरणले तोकिएको समयमा दस्तुर र निवेदन सहित बुझाएमा नविकरण हुने र समयभित्र निवेदन दिने तर दस्तुर नबुझाउने कम्पनीको अनुमति पत्र पछि डबल दस्तुरमा नविकरण गर्न सकिन्छ । तर, तोकिएको समयमा निवेदन र दस्तुर नबुझाएको खण्डमा स्वःत लाईसेन्स खारेज हुने प्रावधान रहेको छ । सोही अनुरुप इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको लाइसेन्स खारेज भएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको अस्वस्थ्य प्रतिस्प्रधा रहेको छ । सोही अनुरुप व्यवसाय गर्न नसक्ने अवस्था सिर्जना भएपश्चात कम्पनीहरुले लाइसेन्स नविकरण नगरेको जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*