यी दुई कम्पनीको शेयर किन्दा अझै पाईन्छ बोनस शेयर

४ असार २०८१, मंगलवार १७:३२

काठमाडों । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । केही कम्पनीहरुले लाभांश पारित समेत गरिसकेका छन् ।

पुस मसान्त भित्रै केही कम्पनीहरुले सभा सम्पन्न गरिसकेका छन् भने कतिले तयारी गरिरहेका छन् । हालसम्म नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेका छैनन् । यस आधारमा यी कम्पनीको शेयर किन्दा अझै लाभांश पाइन्छ ।

नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७९र८० सम्मको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १४ दशलमव ०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

हालसम्ममा यी दुबै कम्पनीले साधारण सभाको मिति तय गरेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*