२०५६ सालमा ८५ करोड राजस्व छलि गर्ने श्री डिस्टिलरी आइपीओ निकाल्दै, सेबोनबाट पाउला त अनुमति ?

काठमाडौं । नेपालमा नियामक निकाय, कर कार्यालय गरिब जनताको लागि मात्रै हो तर तस्कर, माफिया, दलालहरुले गरेका जुनसुकै अपराधमा यि निकायहरु नतमस्तक हुन्छन् भन्ने उदाहरण श्री डिस्टिलरीलाई हेरे पुग्छ । वि.स २०५६ सालमा ८५ करोड (हालको मूल्यमा अर्बौ रकम) राजस्व छलि गर्ने मदिरा उद्योग श्री डिस्टिलरी आइपीओ प्रक्रियामा जाने भएको छ । २०५५ सालमा देशकै सबैभन्दा धेरै कर तिरेकोमा २०५६ सालदेखि कर छली सुरु गरेको थियो । २०५६ सालमा मदिरा बनाउने कच्चा पदार्थ नष्ट भएको भन्दै लेखा परिक्षणमा देखाएर ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ कर छली गरेको थियो । २०५८ सालमा मुद्दा परेपछि उक्त विषयमा छानविन भयो । र, असुल गर्ने निर्णय गरेपछि २०६१ सालदेखि उद्योग बन्द भयो । सो उद्योगले लामो समयसम्म कर तिरेको छैन । श्री डिस्टीलरीका मालिक मथुरा प्रसाद मास्के हुन् । उनको २०७० साल असार १० गते निधन भइसकेको छ । २४ वर्ष पहिले ८७ करोड राजश्व छली गर्ने कम्पनीले २०७० सालसम्ममा अर्बौ रुपैयाँ ब्याज र जरिवना तिर्नुपर्नेमा सो नतिरी सेटिङमा हिसाब किताब मिलाएर आईपिओ निष्काशनमा जान लागेको देखिएको छ । कम्पनीले ९ लाख ६० हजार कित्ता आईपिओ जारी गर्ने भन्दै प्रक्रिया अघि बढाइएको छ । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ । लामो समय राजस्व छलि … Continue reading २०५६ सालमा ८५ करोड राजस्व छलि गर्ने श्री डिस्टिलरी आइपीओ निकाल्दै, सेबोनबाट पाउला त अनुमति ?