२०५६ सालमा ८५ करोड राजस्व छलि गर्ने श्री डिस्टिलरी आइपीओ निकाल्दै, सेबोनबाट पाउला त अनुमति ?

४ असार २०८१, मंगलवार १५:५०

काठमाडौं । नेपालमा नियामक निकाय, कर कार्यालय गरिब जनताको लागि मात्रै हो तर तस्कर, माफिया, दलालहरुले गरेका जुनसुकै अपराधमा यि निकायहरु नतमस्तक हुन्छन् भन्ने उदाहरण श्री डिस्टिलरीलाई हेरे पुग्छ । वि.स २०५६ सालमा ८५ करोड (हालको मूल्यमा अर्बौ रकम) राजस्व छलि गर्ने मदिरा उद्योग श्री डिस्टिलरी आइपीओ प्रक्रियामा जाने भएको छ ।

२०५५ सालमा देशकै सबैभन्दा धेरै कर तिरेकोमा २०५६ सालदेखि कर छली सुरु गरेको थियो । २०५६ सालमा मदिरा बनाउने कच्चा पदार्थ नष्ट भएको भन्दै लेखा परिक्षणमा देखाएर ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ कर छली गरेको थियो । २०५८ सालमा मुद्दा परेपछि उक्त विषयमा छानविन भयो । र, असुल गर्ने निर्णय गरेपछि २०६१ सालदेखि उद्योग बन्द भयो । सो उद्योगले लामो समयसम्म कर तिरेको छैन ।

श्री डिस्टीलरीका मालिक मथुरा प्रसाद मास्के हुन् । उनको २०७० साल असार १० गते निधन भइसकेको छ । २४ वर्ष पहिले ८७ करोड राजश्व छली गर्ने कम्पनीले २०७० सालसम्ममा अर्बौ रुपैयाँ ब्याज र जरिवना तिर्नुपर्नेमा सो नतिरी सेटिङमा हिसाब किताब मिलाएर आईपिओ निष्काशनमा जान लागेको देखिएको छ ।

कम्पनीले ९ लाख ६० हजार कित्ता आईपिओ जारी गर्ने भन्दै प्रक्रिया अघि बढाइएको छ । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ । लामो समय राजस्व छलि गरेको आरोपमा बन्द रहेको उद्योग करिब १६ वर्षपछि २०७७ सालमा संचालनमा आएको थियो । पछिल्लो समय सो उद्योगको मालिक सनत न्यौपाने रामेश्वर थापा रहेका छन् ।

आर्थिक वर्ष २०५५/५६ मा सरकारलाई सबैभन्दा बढी राजस्व बुझाएर पुरस्कृत भएका मास्के उद्योग श्री डिस्टिलरीमा कर छलेको भन्दै आन्तरिक राजस्व विभागले ताला लगाएपछि सो उद्योग विगत १६ वर्षदेखि बन्द रहेको थियो ।

उद्योग बन्द भएपछि बैंकहरूको कर्जाको मारमा परेका मास्केलाई पक्राउ पुर्जी समेत जारी भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५५ सालमा ५० हजार क्विन्टल खुदो (मोलासेस) हिनामिना गरी राजस्व छलेको थियो भन्दै कारबाही गर्न २०६१ सालमा आन्तरिक राजस्व विभागलाई आदेश दियो । अख्तियारले पत्रपछि आन्तरिक राजस्व कार्यालयले काठमाडौँ प्रहरी पत्र काटेको थियो । सो पश्चात २०६१ साल पुस २३ गते मास्के र श्रीमतीका नाममा रहेको सबै चलअचल सम्पत्ति रोक्का भयो ।

पक्राउ पर्ने भएपछि मास्के भागेर भारतको दिल्ली पुगेका थिए । वातावरण शान्तभएपछि नेपाल फर्किएर उद्योग संचालन गर्ने लागि परेका मास्केको विस २०७० साल असार ११ गते ८३ वर्षको उमेरमा निधन भयो । मास्केका तीन छोरा र चार छोरी थिए । मास्केको निधन भएपछि अब उद्योग कसरी अघि बढाउने भन्ने जिम्मेवारी छोराहरुको काँधमा आएको थियो ।

२०७३ सालमा लामो सयमदेखि बन्द रहेको श्री डिष्ट्रिलरीको स्वामित्व क्याप्टेन रामेश्वर थापा र उद्योगी धिरजजंग कार्कीले खरिद गरे । मास्केको पुरै सम्पत्ती राज्यले रोक्का गरेर राखेको बेला उद्योग खरिद हुनु सेटिङ भएको प्रष्ट हुन्छ । राज्यलाई तिर्नुपर्ने अर्बौ राजस्व सेटिङमा मिलाएर थापा र कार्की खरिद गरेका हुन् ।

उद्योगको ९० प्रतिशत स्वामित्व थापा र कार्कीले किनेको स्रोतले बताएको छ । बाँकी १० प्रतिशत शेयर सनत न्यौपाने र उद्योगको मालिकलाई दिइएको स्रोतले दाबी गरेको छ । सेटिङमा राजस्व छलिको केस मिलाएका थापा र कार्की अब आइपीओ प्रक्रियामा जान थालेका हुन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड अहिले अध्यक्ष विहिन रहेको छ । अब छिट्टै नयाँ अध्यक्ष बोर्डले पाउनेछ । बोर्डले अर्बौ राजस्व छलि गर्ने सो कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिन्छ कि दिदैन त्यो हेर्ने बाँकी छ ।

श्रीसँग हाल स्वदेशी मदिरा ह्वीस्की र रम जस्ता विदेशी मदिराका १४ भन्दा बढी ब्राण्ड छन् । किंग्स प्राइड र माउन्ट एभरेष्ट ह्विस्की विदेशी मदिरा क्षेत्रका प्रिमियम ब्रान्डहरू हुन् । माउन्ट एभरेष्ट ह्विस्की पनि जर्मनीमा निकासी भइरहेको छ ।

 

One thought on “२०५६ सालमा ८५ करोड राजस्व छलि गर्ने श्री डिस्टिलरी आइपीओ निकाल्दै, सेबोनबाट पाउला त अनुमति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*