समाज लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

४ असार २०८१, मंगलवार १५:११

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेससँगै आज कारोबार भएका कम्पनीहरुमध्ये ४० को शेयरमूल्य वृद्धि भएको छ र १९८ कम्पनीको शेयरमूल्य घट्न पुगेको छ । मंगलबार समाज लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, माण्डु हाइड्रोपावरको शेयरमूल्य ७.८३ प्रतिशतले बढेर १००५ रुपैयाँमा कारोबार भएको छ । विन नेपाल लघुवित्तको ६.२० प्रतिशत, दिब्यश्ररी हाइड्रोपावरको ४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

सोमबार बरुण हाइड्रोपावरको कम्पनीको ३०८ रुपयाँका दरले ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन आजको सर्वाधिक कारोबार बनेको छ । मंगलवार सीईडीबि हाइड्रोपावरको ११ करोड १३ लाख रुपैयाँ र अन्य कम्पनीको १० करोड रुपैयाँ भन्दा तल कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*