तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने पशुपति क्षेत्र विकास कोषको अल्टिमेटम

४ असार २०८१, मंगलवार १४:४८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने ताकेता गरेको छ । कोषले एक सूचना जारी गर्दै १५ दिन भित्र अधिग्रहण भएका संरचना हटाउन भनेको हो ।

संरचना नहटाए कानुनबमोजिम कोष आफैँले हटाई खाली गर्ने कोषले जनाएकोछ । सूचनामा भनेको छ, “अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगङ्गा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानुनबमोजिम कोष आफैँले हटाई खाली गराउने छ ।”

अधिग्रहण भएको तिलगङ्गा आवासीय क्षेत्र खाली गराउन यसअघि २०७७ साल असार ३ गते पनि कोषले ३५ दिने सूचना जारी गरिएको थियो । त्यसबेला विविध कारणले खाली नगरिए पनि कोषले आज पुनः १५ दिने म्याद दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*