चाइना उच्चस्तरिय शैक्षिक प्रदर्शनी काठमाडौंमा सुरु, नेपाली विद्यार्थीले यसरी लिन सक्छन् फाइदा

४ असार २०८१, मंगलवार १३:३८

काठमाडौं । नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलको लागि सजिलो बनाउने उदेश्यका साथ ‘चाइना उच्चस्तरिय शैक्षिक प्रदर्शनी’ भव्य रुपमा सुरु भएको छ । चिनका विश्व चर्चित ३१ वटा विश्व विद्यालयको सहभागितामा उक्त प्रदर्शनी मंगलबार बिहान १० बजेदेखि काठमाडौंको हायात रिजेन्सी, बौद्धमा सुरु भएको हो ।

नेपाल चाइना कल्चरल एण्ड एजुकेशन काउन्सिलको सहकार्यमा चाइना स्कलरसीप काउन्सिल र चिनिया राजदुतावासले आयोजना गरेको उक्त प्रदर्शनीको नेपालस्थित चिनिया राजदुत छन् सोङले उद्घाटन गरेका छन् । प्रदर्शनीमा नेपाली विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको छ ।

नेपाली विद्यार्थीहरुले प्रदर्शनीमा रहेका चाइनिज विश्व विद्यालयहरुसँग आवश्यक तथा जान्न चाहेका कुरा सिक्न पाउने व्यवस्था गरिएको छ । साथै, नेपाली विद्यार्थीहरुले चिनमा उच्च शिक्षा हासिलको लागि जान्नै पर्ने विभिन्न प्रक्रिया तथा चिनको शैक्षिक अवस्थाको बारेमा थाहाँ पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*